Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनीका उद्योगहरुको क्षमता उपयोग घट्यो


लुम्बिनीका उद्योगहरुको क्षमता उपयोग घट्यो

काठमाडौं । लुम्बिनी प्रदेशका उद्योगहरुको उपयोग सञ्चालन पछिल्लो समय देखिएको आर्थिक संकटका कारणक्षमतामा पनि भारी गिरावट आएको छ । पछिल्लो एक बर्षको अवधीमा लुम्बिनी प्रदेशका उद्योगहरुको सञ्चालन क्षमता ६.८९ प्रतिशत विन्दुले घटेको हो । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशका आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययन प्रतिवेदन अनुसार चालू आर्थिक बर्ष २०७९,८० को पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४२.३३ प्रतिशत मात्रै छ । गत आवको सोही अवधीमा उनीहरुको क्षमता उपयोग ४९.२२ प्रतिशत थियो । विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन सकेका हुन् । यसैपनि नेपालमा उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

त्यो अवस्थामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उनीहरु थप मारमा परेका हुन् । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण आम उपभोक्ताहरुको क्रय शक्ति घटेको छ । त्यसले गर्दा बजारमा बस्तु तथा सेवाको मागमा कमी आएको छ । वस्तु तथा सेवाको मागले उद्योग सञ्चालनमा प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यो अवस्थामा माग घट्दा उद्योगहरु क्षमताअनुसार चल्न नसकेको राष्ट बैंकका अधिकारीहरु बताउछन् ।

साथै, बजारमा माग नभएको बेला उत्पादन बढाउने अवस्था पनि रहदैन । यसैगरि महंगी, उच्च व्याजदर, विद्युत कटौती लगायतका कारण पनि उद्योगहरुको सञ्चालन प्रभावित भएको छ । समग्रमा पछिल्लो समय देखिएको आर्थिक संकटकै कारण उद्योगहरु क्षमताअनुसार सञ्चालनमा नआएको बताइन्छ ।