Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फागुन २६ र २७ मा काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन


फागुन २६ र २७ मा काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न फागुन २६ र २७ मा काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीति लिइएको छ ।

रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न सम्मेलन गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र पुँजीको यथोचित प्रयोग गर्न सम्मेलनले सहयोग गर्ने बताए । 


उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने मन्त्री भण्डारीको भनाइ छ । रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै नभई प्रवर्द्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको मन्त्री भण्डारीले बताए । आन्तरिक श्रम बजारमा मागअनुसारको रोजगारउन्मुख प्राविधिक तथा व्यावसायिक सीपको विकासका लागि नीति र क्षमता विकासको अपरिहार्य भएको मन्त्री भण्डारीले बताए । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिका रूपमा मात्र लिन सक्ने मन्त्री भण्डारीको भनाई छ ।