Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा


वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा

काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रका अनुसार गत शुक्रबार अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको हो । कुल १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

जसमा ३० व्यक्ति र ११ संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव प्रहरीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने राय प्रहरीले दिएको छ ।

लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । सोही सहकारीमा पुर्पक्षमा भैरहवा कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशीसँग भने ३ करोड २४ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीको राय छ ।