Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अनलाइन बेटिङ जुवाको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा ८ जना कलाकार पक्राउ


अनलाइन बेटिङ जुवाको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा ८ जना कलाकार पक्राउ

काठमाडौं ।  अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल राजु मास्टर र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

बिहीबार प्रहरीले उनीहरुलाई पक्राउ गरी सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएका थिए । प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोजकुमार केसीले बताए । पक्राउ परेकाहरुलाई जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले भनेः आज हामीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ । वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोशन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने । पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ । पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोशन गर्ने र प्रमोशन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलि सिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरु छन् । हाम्रोमा यो गैरकानुनी हो । जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ ।’’

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को ९क०मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।