Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्याप्त मल छ,वितरण प्रक्रियामा बद्‌मासी भए कारबाही गर्ने चेतावनीःमन्त्री भुसाल


पर्याप्त मल छ,वितरण प्रक्रियामा बद्‌मासी भए कारबाही गर्ने चेतावनीःमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललले यस पटक पर्याप्त मल भएको तर वितरण प्रक्रियामा बद्‌मासी गर्ने लाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका मन्त्री भुसालले मलको अभाव नरहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो उनले भने अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ ।

मल वितरणमा बद्‌मासी भएको ठाउँमा कारबाही गर्छु । भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताएका छन् । जमिन बाँझो हुनुमा मानिसको जीवनशैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृत्तिको विकास, युवाहरु विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पुर्‍याउन नसक्नु प्रमुख कारण रहेको उनको भनाइ छ ।

बाँझो जमिन मन्त्रालयले उपयोग गर्न खोजे पनि बजेट अभावका कारण हुन नसकेको उनले गुनासो गरे । यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौं भनेको थोरै बजेट विनियोजन गरेको छ । योजना आयोगले कृषि क्षेत्रको कार्यत्रममा काम गर्न बाधा गर्न खोजेको उनको आरोप छ । योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ उनले भने ‘प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्थामा पुग्यको  हो ।