Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई वर्षका लागि कालिमाटी र बालाजु बजारको नवीकरण म्याद थप


दुई वर्षका लागि कालिमाटी र बालाजु बजारको नवीकरण म्याद थप

२७ असार, काठमाडौं । सरकारले दुई वर्षका लागि कालिमाटी र बालाजु तरकारी बजारका ६२२ भाडाका पसल नवीकरण गर्ने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको सहमतिमा कालिमाटी बजार समिति बोर्डले मंगलबार म्याद थपको निर्णय गरेको हो ।

सो निर्णयले १५ वर्षदेखि बजारमा एक छत्र व्यवसाय गर्दै आएका व्यापारीलाई थप दुई वर्षका लागि व्यापार गर्ने बाटो सुनिश्चित गरेको छ । दुई वर्षका लागि बजारका पसलहरु यथास्थानमै रहनेगरी नवीकरण गरेको बजार विकास समितिका अध्यक्ष एवम् मन्त्रालयका सहसचिव मदन भुजेलले बताए । बजारको पसलको भाडामा वृद्धि गरिएको र दुई वर्षका लागि म्याद थप गरिएको उनको भनाई छ ।

बजारका पसल सटरहरु भाडामा लगाउने सम्बन्धी कार्यविधिले खुल्ला प्रतिस्पर्धाबाट मात्रै किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा दिनु पर्ने उल्लेख छ । ‘हाललाई दुई वर्षका लागि म्याद थप गर्ने निर्णय भएको छ,’ सहसचिव भुजेलले भने, ‘पूर्व तयारी नभएका कारण प्रतिस्पर्धाबाट बजार नवीकरण गर्न सकिएन ।’
बजारका पसल सटरहरु भाडामा लगाउने सम्बन्धी कार्यविधिले खुल्ला प्रतिस्पर्धाबाट मात्रै बजारमा किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा दिनु पर्ने उल्लेख छ । कानुनहरु संशोधन गरेर मात्रै खुल्ला प्रतिस्पर्धाबाट बजार चलाउन सकिने भए पनि त्यो नभएका कारण यथाअवस्थामै बजार नवीकरण गर्नु परेको सहसचिव भुजेलले बताए ।
उनका अनुसार हाल कायम भाडामा १५ प्रतिशतले भाडा वृद्धि गर्ने र हरेक एक वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्नेगरी बजार दुई वर्षका लागि नवीकरण गरिएको छ ।