Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पशुपतिको जलहरी प्रकरणमा संसदीय समिति गठन गर्न सत्तारुढ दलका संसदको माग


पशुपतिको जलहरी प्रकरणमा संसदीय समिति गठन गर्न सत्तारुढ दलका संसदको माग

काठमाडौं । पशुपतिको जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न सत्तारुढ दलका सांसदले माग गरेका छन् । सत्तारुढ दलका सांसदहरूले पशुपतिको जलहरी प्रकरणबाट संसद्मा सत्यतथ्य कुराको जानकारी हुनुपर्ने माग गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र सरकारमा रहेको सबैभन्दा ठूलो दल कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसद्‌मा जानकारी हुनुपर्ने माग गरेका हुन् ।

सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप पौडेलले भने, उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएका छन्, टीकाटिप्पणीको रूपमा आएका छन् ।

केही दिनअघि यहि सदनमा एक जना माननीयले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो विचारमा यसबाट संसद्ले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ, उनले भने । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने क्रममा अनियमितता भएको कुरा राखेका थिए ।

महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै राखेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् बैठक अवरोध गरेको थियो । त्यसपछि छानबिनको चरणमा रहेको विषय भन्दै नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् अवरोध नहोस् भनेर सत्तापक्ष र प्रतिपक्षबीच सांसद दाहालले बोलेको विषय हटाउने सहमति भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद दाहालले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन लगाएका थिए ।