Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्ज भन्सारमा ६ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन


वीरगन्ज भन्सारमा  ६ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन

काठमाडौं । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ ।

त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड, असोज महिनामा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसै गरी, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो ।

भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो ।