काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२८ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २७ करोड ९९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै घटेपनि डिफर्ड ट्याक्स आम्दानी बढेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.१९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २७.७४ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.४० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १०.६९ प्रतिशत घटेको छ।
यद्यपि, लघुवित्तको डिफर्ड ट्याक्स आम्दानी ४ करोड ६० लाख रुपैयाँबाट बढेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ३६ पैसा बढेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपार ३४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५२.४६ गुणा रहेको छ । १ अर्ब २९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप ६.८० प्रतिशत बढेको छ भने कर्जा लगानी ३.१२ प्रतिशत घटेको छ ।