काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले वित्तीय प्रणालीमा समस्या आउन सक्ने बताएका छन् । राष्ट्रिय आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने भनिए पनि वास्तविक रुपमा त्यस्तो हुन नसकेको भन्दै खर्च व्यवस्थापनमा निकै कमजोर देखिएकाले वित्तीय प्रणालीमा समस्या आउन सक्ने बताएका हुन ।
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीमा मन्त्री पौडेलले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि समेत राज्यले आफैले स्रोत व्यवस्थापन गर्न नसकेको बताए ।
उनले संघीय ढाँचाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। मुलुक संघीय संरचनामा गइसकेपछि सोहि अनुसारको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले राजस्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अब भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गरे।