Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदमा आठ मन्त्रीले जवाफ दिदैँ[सूची सहित]


संसदमा आठ मन्त्रीले जवाफ दिदैँ[सूची सहित]

काठमाडौं, ११ असार । सत्तारुढ दलहरुकै सांसदहरुले बजेटमा असन्तुष्टि जनाइरहदा आजपनि संसदमा विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुनेभएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आठ मन्त्रालयको बजेटमाथि मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । हिजोबाट सुरुभएको मन्त्रालयगत बजेटमाथिको छलफलमा आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा जलस्रोत तथा सि“चाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छुट्याइएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघिका छलफलमा सरकारले मनपरि बजेट विनियोजन गरेको भन्दै सत्तारुढ र प्रतिपक्षी दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । यथास्थीतिमा बजेट पारिद हुन नदिने भन्दै सांसदहरुले तत्काल सच्याउन माग गरेका छन् ।