Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालीले सुन तस्करी देशको नागरिक भनेर चिनिनुपर्ने अवस्था आयोः भट्टराई


नेपालीले सुन तस्करी देशको नागरिक भनेर चिनिनुपर्ने अवस्था आयोः भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाललाई सुन तस्करीका ट्रान्जिटको रुपमा दुरुपयोग गरिँदा नेपालीले सुन तस्करीको देशको नागरिक भनेर चिनिनुपर्ने अवस्था आएको बताएका छन् ।

गृहमन्त्रीले आफ्नै टेबलअघि रहेको सुन तस्करीको फाइल नदेखेपछि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको बताउँदै प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता भट्टराईले भने, ‘सुन तस्करीका घटना भएको अहिलेमात्रै होइन, विगतमै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको र त्यसमा उच्चस्तरीय नेताहरू समेतको संलग्नता छ भनेर प्रहरीले प्रतिवेदन दिएको थियो । हुन त सुशासनको बारेमा, भ्रष्टाचार नियन्त्रणको विषयमा प्रतिबद्धता जनाइरहनुभएको थियो । तर उहाँकै अगाडि टेबलमा भएको त्यो सुन तस्करीको फाइलबारे उहाँले निर्देशन नदिँदा हामीलाई शंका लागेको हो । त्यहीकारण हामीले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भनेर प्रस्ताव गरेका हौँ ।’

सांसद भट्टराईले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन गर्ने संसदमा राष्ट्रिय सहमति कायम भइसकेको देखिएको बताए । उनले भने, ‘यो विषयमा राष्ट्रिय सहमति कायम भइसकेको देखिन्छ । हामी उच्चस्तरीय छानबिन समिति गठन गर्न आग्रह गर्दछौँ ।’

सुन तस्करीको विषयमा गृहमन्त्रीमात्रै नभएर प्रधानमन्त्री र अर्थमन्त्रीतिर पनि प्रश्न तेर्सिएको उनले बताए । प्रधानमन्त्री र अर्थमन्त्रीले पनि यसबारे जवाफ दिनुपर्ने उनको धारणा छ ।