Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारत भ्रमणका क्रममा प्रचण्डले गुप्तचर प्रमुखसँग लुकेर भेटेको ओलीको आरोप


भारत भ्रमणका क्रममा प्रचण्डले गुप्तचर प्रमुखसँग लुकेर भेटेको ओलीको आरोप

काठमाडौं, २२ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी समेत गरे । प्रधानमन्त्री दाहालले उक्त भेटबारे केही नभनेको ओलीको आरोप छ ।

भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको समेत दाबी गरे । तर त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले पनि भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटबारे जानकारी गराएका थिएनन् ।२०७७ साल कात्तिक ५ गते सुटुक्क काठमाडौं आएका गोयलले तत्कालीन प्रधानमन्त्री ओलीसहित कस(कसलाई भेटे भन्ने त्यतिबेला पनि सरकारले जानकारी गराएन ।

गोयल फर्किएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले एउटा नोट जारी गरेर गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेको सार्वजनिक गरे । त्यसले यो भ्रमणलाई झन् चर्चामा ल्यायो। भ्रमणको उद्देश्यदेखि प्रोटोकलसम्मका प्रश्न उठे ।पछिल्लो पटक भ्रष्टाचार प्रकरणमा एमालेलाई जोडेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको दाबी गरे ।

जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भनेँ, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली दिए, उनको निवासमा गएर लुकेर भेट्ए । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, वहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो ।