Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु


पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु

काठमाडौं । पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आज पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो । प्रधानमन्त्री दाहालले भेलाको उद्घाटन गरेका थिए । दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्ने ।

भोलि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको बैठक पनि बस्ने छ । ऐन बनेको ३ वर्षपछि शनिबार पहिलो पटक पोखरामा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो । भेलाको उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले संघीयताका विरुद्ध जोडजोडका साथ जनमत सिर्जना गर्ने काम भइरहेको आरोप लगाए । प्रदेश सरकार स्थापना भएको छैटौं वर्षसम्म आइपुग्दा राजधानी ताक्ने, नामाकरण गर्ने काम र ऐनकानुन बनिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

संघीयता कार्यान्वयनमा सहजताका लागि अन्तर प्रदेश बैठक राखिएको पाण्डेको भनाइ थियो । संघले कानुन नबनाइदिएका कारण प्रहरी समायोजन, प्रहरी परिचालनमा समस्या देखिएको छ । जग्गा प्राप्तिको समस्यादेखि कर्मचारी सरुवासम्म प्रदेशले दुख खेपिरहेको पाण्डेले कार्यक्रममा बताए । प्रदेशको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीहरुको भेलाले सहयोग पुग्ने पाण्डेले बताए ।