Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निकोलस भुसाल पुनः पक्राउ, शुक्रबार अदालत पेश गरिने


निकोलस भुसाल पुनः पक्राउ, शुक्रबार अदालत पेश गरिने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि समातिएका छन् ।

यसअघि पुस ७ गते पक्राउ गरी ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको थियो । न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुसाल त्यतिबेलाकै साइबर अपराधको अभियोगमा समातिएका हुन् ।

प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि भुसाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिए ।

‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’