Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घट्यो


हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घट्यो

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झर्यो । जलविद्युत् र लगानी बाहेक सबै उप–समूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो पाँच अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आज सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भयो ।