Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टमाटरको मुल्य अस्वभाविक रुपमा बढ्यो


टमाटरको मुल्य अस्वभाविक रुपमा बढ्यो

काठमाडौं, श्रावण २४ । मागअनुसारको उत्पादन तथा आपुर्ति नभएपछि टमाटर को मुल्य अस्वभाविक रुपमा बढेको छ । डेढ महिनाअघि प्रतिकिलो २ रुपैयाँमा पनि बिक्री भएन भनेर किसानहरुले टमाटर सडकमा फालेका थिए । तर, अहिले सोही टमाटरको होलसेल तथा खुद्रा मूल्य उच्च दरमा बढेको हो । सरकारले सञ्चालन गरेको कालीमाटी तरकारी बजारमा बुधवार अर्थात् साउन २४ गते ठुलो नेपाली टमाटर प्रतिकेजी १५६ देखि १८० रुपैयाँसम्ममा बिक्री भएको छ ।

उक्त दिन लोकल सानो टमाटर प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म पुगेको छ भने टनेलमा उत्पादन भएको टमाटर भने प्रतिकेजी ८० रुपैयाँदेखि ९५ रुपैयाँमा बिक्री भएको छ । अहिले कालीमाटी बजारमा भारतीय टमाटर भने आएको छैन । खुद्रा बजारमा पसलेहरुले जथाभावी मुल्य बढाएर बिक्री गर्ने गरेको उपभोक्ताहरु बताउछन् । यद्यपि, मंगलबारको तुलनामा भने केही सस्तिएको छ । टमाटरको यो मुल्य पछिल्लो डेढ महिनाको तुलनामा उच्च दरमा बढेको देखिन्छ । गत असार १ गते ठुलो नेपाली टमाटर प्रतिकेजी न्यूनतम ३० रुपैयाँदेखि अधिक्तम ४० रुपैयाँसम्ममा बिक्री भएको थियो ।

ठुलो ९भारतीय० टमाटर भने प्रतिकेजी न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँमा बिक्री भएको थियो । सोहीदिन लोकल सानो टमाटर भने प्रतिकेजी न्यूनतम ५ रुपैयाँदेखि अधिकतम ८ रुपैयाँमा बिक्री भएको थियो । टनेलको टमाटर भने प्रतिकेजी ८ रुपैयाँदेखि अधिक्तम १२ रुपैयाम टमाटरको होलसेल बिक्री भइरहेको थियो । त्योअनुसार असार १ गते टमाटरको मुल्य सामान्य अवस्थामा थियो । त्यसै बेला नै नेपाली किसानले २ रुपैयाँमा समेत बिक्री भएन भनेर टमाटर सडकमा फालेर आन्दोलन गरेका थिए । तर, अहिले टमाटरको मुल्य अस्वभाविक बढेको छ ।

आज भन्दा १ महिना अघि असार २४ मा पनि टमाटरको मुल्य बढेर केही माथि आएको थियो । त्यस दिन ठुलो नेपाली टमाटर प्रतिकेजी न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म पुगेको थियो । यसैगरि सानो लोकल टमाटर न्यूनतम २० रुपैयाँदेखि अधिक्तम ३० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको थियो । यता, टनेलको टमाटर भने प्रतिकेजी न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँमा बिक्री भएको थियो । विशेषगरि मागअनुसार टमाटर नआउँदा मुल्य अस्वभाविक बढेको कालीमाटी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए ।