Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय बिमा कम्पनीको एकै पटक ६ आर्थिक वर्षको साधारणसभा सम्पन्न


राष्ट्रिय बिमा कम्पनीको एकै पटक ६ आर्थिक वर्षको साधारणसभा सम्पन्न

काठमाडौं, ३ असार । पूर्ण सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनीले एकै पटक ६ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साबिकको राष्ट्रिय बिमा संस्थानको तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको तीन वर्षको गरी छ आवको साधारण सभा एकै पटक सम्पन्न गरेको हो ।

राष्ट्रिय बिमा कम्पनी ९साबिक राष्ट्रिय बिमा संस्थान, निर्जीवन बिमा विभाग० ले आफ्नो ३१ औँ वार्षिक साधारण सभा र राष्ट्रिय बिमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा सम्पन्न साधारण सभाले साबिकको राष्ट्रिय बिमा संस्थानको आव २०६८—६९, आव २०६९—७० र आव २०७०र७१ सम्म गरी तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको आव २०७०र७१, आव २०७१र७२ र आव २०७२र७३ सम्म गरी तीन वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको हो ।

साथै महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आव २०६८र६९ देखि २०७२र७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गरेको छ । जसको पारिश्रमिक प्रतिवर्ष पाँच लाख रुपियाँ छ । त्यस्तै सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ ।

उहाँ सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित हुनुभएको हो । धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बिमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार सात सय रुपियाँ सेयर मूल्य रहेको छ ।