Tuesday, June 17, 2025

२०८२ असार ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खो खो विश्वकपमा उपविजेता बनेको राष्ट्रिय पुरूष र महिला टोली नेपाल आयो


खो खो विश्वकपमा उपविजेता बनेको राष्ट्रिय पुरूष र महिला टोली नेपाल आयो

काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोली नेपाल फर्किएको छ । विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य—सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जन लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो । खो खो विश्वकप फाइनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य—सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए ।

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । आइतबार भएको फाइनल खेलमा भने नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भयो।