Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य स्थीर हुँदा चाँदीको घट्यो


सुनको मूल्य स्थीर हुँदा चाँदीको घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन प्रतितोला २ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ।