Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा


विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा मारेको छ । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले बताए ।

बिचौलियासँग मिलेर भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आरोपमा नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव)तीर्थराज भट्टराई छुटेका छन् ।

उनलाई बिहीबार उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको हो । अध्यागमनका कर्मचारीले बिचौलियासँग मिलेर ‘कोडवर्ड’ प्रयोग गरेर रकम असुल्ने गरेको सुराकको आधारमा अख्तियारले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

अख्तियारले भट्टराईको मोबाइल सहितका डिजिटल डिभाइस बरामद गरेको छ । अध्यागमन कार्यालयसहित चार वटा ठाउँमा फेला परेको कागजात र डिजिटल डिभाइज अख्तियारले अनुसन्धानको लागी जफत गरेको छ ।