Thursday, January 09, 2025

२०८१ पुष २५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदीय समितिले भन्योः मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित खैं ?


संसदीय समितिले भन्योः मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित खैं ?

काठमाडौँ । संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर समितिले रंगशाला निर्माणका लागि छिटो आर्थिक स्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

सरकारले मूलपानी क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । पुल्चोक इन्जिनियरिङ कलेजले बनाएको डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ ।

जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मूलपानी क्रिकेट मैदानको प्रस्तुत डिजाइनअनुसारको सुविधासम्पन्न अत्याधुनिक स्टेडियम निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान छ । २०८० कात्तिक २३ मा राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषद्ले निर्माणका लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो ।