काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ११.६६ अंकले बढेको छ । शून्य दशमलव ४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा बन्द भएको हो । कुल ९२ कम्पनीको सेयर मूल्य बढ्यो भने १४७ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । आज ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ लाख ८ हजार ९१३ पटकको सेयर किनबेचबाट २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच भए । कुल ७ उपसमूह बढ्दा ६ उपसमूहहरू घटे ।
नेप्से परिसूचक ११.६६ अंकले बढ्यो