Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने


त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने भएको छ । गएको वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले निरन्तरता दिन नसके पनि आजदेखि यो सेवालाई निरन्तरता दिइएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयले सूचना निकालेर आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले दिने अरु सेवाहरु पनि आउँदो जेठ १५ गतेदेखि अनलाइनबाटै सञ्चालन हुने सूचनामा उल्लेख छ ।