Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारद्धारा वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला


सरकारद्धारा वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला

काठमाडौँ । सरकारले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । चालु आर्थिक वर्ष आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि सूचना जारी गरेको छ । सो बचतपत्रमा ८।५० प्रतिशत ब्याजदर पाइन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि चैत १८ सम्म बचतपत्र खरिदका लागि म्याद तोकेको छ । यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवसीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र को नाममा खरिद गर्न पाइन्छ ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन सकिने र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा अनलाइन सफ्टवेयरमार्फत आफू रहेको स्थानबाटै खरिद र दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।