Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्पोरेटपे प्रणालीद्धारा १ महिनामै ५० अर्बको कारोबार


कर्पोरेटपे प्रणालीद्धारा १ महिनामै ५० अर्बको कारोबार

काठमाडौं । कर्पोरेट पे प्रणालीद्धारा एक महिनामै ५० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार  भएको छ । चालू आर्थिक वर्षको जेठ महिनामा भएको यो कारोबार कर्पोरेट पे सञ्चालन भएको महिना माघ २०७७ देखियताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।

गत आर्थिक वर्ष कुल १ खर्ब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार फस्र्योट भएकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ४ खर्ब ४२१ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फस्र्योट भइसकेको सञ्चालक कम्पनी एनसिएचएलले बताएको छ ।

बैंक–वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले सहज रूपमा कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको कम्पनीको भनाइ छ ।

हाल शैक्षिक संस्थाहरू, कन्स्ट्रक्सन कम्पनीहरू, ट्राभल व्यवसायीहरू, रिटेल व्यवसायीहरूलगायतका विभिन्न संस्थागत ग्राहकले कर्पोरेट पे प्रयोग गर्ने गरेको कम्पनीको दाबी छ । ४७ बैंक–वित्तीय संस्थाहरूमार्फत उक्त प्रणालीमा बैंक–वित्तीय संस्थाका सात हजार सात सयभन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएको बताएको छ ।