Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेको मुद्दा फिर्ता नलिन सर्वाेच्चद्धारा सरकारलाई अन्तरिम आदेश


उपप्राध्यापक  चलाउनेमाथि कुटपिट गर्नेको मुद्दा फिर्ता नलिन सर्वाेच्चद्धारा सरकारलाई अन्तरिम आदेश

काठमाडौं,७ असार । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको  छ । कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट निवेदन दिएका थिए । न्यायाधीश मनोजकुमार शर्माको इजलासले तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको हो । सरकारको निर्णयपछि उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका छन् । चलाउनेलाई न्याय माग्दै प्रदर्शनहरु समेत भएका छन् । सर्वोच्चले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश गरेको छ ।