Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद खुलाउने विषयमा शीर्ष नेताहरुबीच सहमति (सूची सहित)


संसद खुलाउने विषयमा शीर्ष नेताहरुबीच सहमति (सूची सहित)

काठमाडौं, २५ असार । प्रमुख शीर्ष नेताहरुबीच संसद्को अवरोध खोल्ने विषयमा सहमति भए पछि संसद सचिवालयले आजको कार्यतालिका सार्वजनिक गरेको छ ।

सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद खुलाउने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यसअघि हिजो पनि प्रतिनिधिसभाको बैठकको अवरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरुबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो । हिजोको छलफलमा प्रधानमन्त्री दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे संसदमा जवाफ दिने र संसद अगाडि बढाउने सहमति भएको छ । प्रतिनिधिसभाको बैठक ३ बजे बोलाइएको छ ।