Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने


कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

काठमाडौँ । कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । सम्भेलन आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो ।

आर्थिक रूपान्तरणलाई प्रवर्द्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पुर्याउन सम्मेलन आयोजना गरेको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन् ।

विभागले आयोजना गरेको सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रदर्शनी गर्नका लागि नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका र नेपाल घरेलु तथा साना उद्योग महासंघका बिच सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

कांग्रेसको तर्फबाट विभागकी संयोजक थपलिया र महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरे । सम्मेलनमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ । स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरू प्रदर्शनीमा राख्ने सहमति भएको छ ।