Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य लगातार घट्दो क्रममा


सुनको मूल्य लगातार घट्दो क्रममा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रम जारी रहेको छ। गत मंगलबार देखि आरालो लागेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। मंगलबार प्रतितोला २ सय रुपैयाँ, बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार प्रतितोला ५ सय रुपैयाँ र शुक्रबार प्रतितोला ७ सय रुपैयाँ गरी सुन १ सातामा प्रतितोला २ हजार दुर्ई सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ घटेको हो।