मोरङ । कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा झडप भएको हो ।
प्रदर्शनकारीले भाटा, ढुंगा, गुलेली, बोतलले प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभातर्फ आएपछि प्रहरीले अश्रुग्यास दर्जनौं सेल प्रहार गरेका छन् । स्थिति अझै तनावग्रस्त छ । प्रहरी र प्रदर्शनकारी दुबैतर्फ घाइते भएका छन् ।
यसैबीच निषेधित क्षेत्र तोड्ने ४५ जना पहिचानवादी आन्दालनकारीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको बिरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालयलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि सुरक्षा व्यवस्था कडा गरेको छ ।