Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त


राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त

काठमाडौं, ३२ जेठ ।सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । ३ महिनापछि अवकाश पाउन लागेका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले वैकुण्ठ अर्याललाई मुख्य सचिव र बैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन् । बैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका छन् । अन्य मुलुकमा राष्ट्रिय सुुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने पहिलो पटक नियुक्त गरिएको हो । राष्ट्रिय सुरक्षा परिषद्‍को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ ।

त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् ।त्यस्तै परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका छन् ।

सरकारले बैरागीलाई मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो । मुख्य सचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए । त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए ।