Sunday, June 02, 2024

२०८१ जेष्ठ २०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ३५ हजार नगदसहित सम्मान


एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ३५ हजार नगदसहित सम्मान

गुल्मी, २५ असार । गुल्मी जिल्लास्थित छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

एसईई नतिजामा ४ जीपीए ल्याएकी श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट–४ की छात्रा स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

जिल्लाबाट उत्कृष्ट अंक ल्याएर पास हुन सफल भएको भन्दै कंडेललाई पालिका अध्यक्ष रामप्रसाद पाण्डेले नगद ३५ हजारसहित सम्मान गरे । कार्यक्रममा बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेयले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए । कंडेलको नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।

श्रृङ्गा जनता माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । यसपटक विद्यालयबाट ४५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए ।