Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतमा गोलभेँडाको मूल्य आकाशिएपछि नेपालबाट तस्करी


भारतमा गोलभेँडाको मूल्य आकाशिएपछि नेपालबाट तस्करी

काठमाडौं, २ साउन। भारतमा गोलभेँडाको मूल्य आकाशिएपछि उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमामा यसको तस्करी बढेको छ ।

भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ ।

यसले सर्वसाधारणलाई मार पारे पनि तस्करहरूले भने कमाउने अवसर पाए जस्तो देखिन्छ । हालै मात्र झन्डै ३,००० केजीभन्दा बढी टमाटर भरिएका दुईवटा पिकअप ट्रक सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।
पश्चिम नेपालको नेपालगन्जस्थित तरकारी व्यवसायीहरुले नेपालबाट ठूलो परिमाणमा टमाटर भारत पठाउने गरेको बताएका छन् । नेपालगन्जको तरकारी बजारमा अहिले गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँजति छ । उता सीमापारि भारतमा त्यसको मूल्य ३२० रुपैयाँ (२०० भारतीय रुपैयाँ) रहेको व्यवसायीहरू बताउँछन् । झन्डै एक महिनादेखि नेपालबाट त्यसरी गोलभेँडा भारत पठाइँदै आएको उनीहरुको भनाई छ । ।

नेपालगन्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने गरेको बताइन् ।
उनका अनुसार अहिले नेपालगन्ज भन्सार कार्यालयले निकासाको लागि कडाई गरीरहेको पनि जानकारी दिईन् ।