काठमाडौं । जीवन रक्षाको आधारस्तम्भ मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य पदार्थमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपश्चात् हरेक वर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । नेपालमा पनि विगत १५ वर्षदेखि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउँदै आएको हो ।
विभागले जेठ १८ देखि नै सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यो दिवस मनाएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार दिवसको उपलक्ष्यमा मूल समारोह कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यव्रmममा कृषिमन्त्री डा। वेदुराम भुसालले उपभोक्तासमक्ष स्वच्छ खाद्य पु(याउनु आवश्यक होइन, उपभोक्ताको मौलिक अधिकारभित्र परेकाले स्वच्छ खाद्यवस्तुमा ध्यान दिन आग्रह गर्नुभयो ।
स्वच्छ खानाका लागि खाद्य र पोषण शिक्षासम्बन्धी सचेतना अभियान जरुरी रहेको बताउँदै उहाँले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्ने कुरा निश्चित समूहमा मात्रै पुग्ने गरेको छ, सबैमा यसको जानकारी पुग्नुपर्ने बताएका छन् । खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने र त्यसका लागि मन्त्रालयले रकम छुट्याएर पनि काम गर्न तयार रहेको उहाँले बताएका छन् ।