काठमाडौं, श्रावण २४ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा दूई जना दाजुभाइ खाडलमा डुबेर मृत्यु भएको छ । मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मीन घलेले बताए ।
प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भएको बताइएको छ । खोज तलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।