Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन चाँदीको भाउ बढ्यो,कतिमा हुँदैछ खरिद बिक्री?


सुन चाँदीको भाउ बढ्यो,कतिमा हुँदैछ खरिद बिक्री?

काठमाडौं, २० असार । नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् मंगलबा प्रतितोला ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।