काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्ष राजेशकुमार अग्रवालले बजेटले उद्योग व्यवसायीहरुको पिडा कम गर्न नसकेको बताएका छन् । बजेटमा नभेटिएको विषयलाई आगामी मौद्रिक नीतिमा समावेश गर्नु पर्ने भन्दै उनले त्यहाँ पनि हाम्रा कुराहरु सम्बोधन नभए थप आर्थिक संकट पर्न सक्ने बताएका छन् ।
उनले अहिलेको आर्थिक तरलताको सामना उद्योग, वित्तीय संस्थामात्रै नभइ देशले नै भोगेको भन्दै त्यस्ता विषयमा सरकार गम्भीर हुनु पर्ने उनको भनाई छ । उनले राष्ट्र बैंकको आफ्नो योजना भएपनि अहिलेको तत्कालको अबस्था सम्बोधन गर्नु पर्ने बताए ।
अहिले बैंक वित्तीय संस्था, सहकारी लगायत सबै क्षेत्रमा आर्थिक तरलता कायमै रहेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्न सके थप सहजता आउने उनको भनाई छ ।
उनले परिसंघले यस विषयमा राज्यको र राष्ट्र बैंकको पनि ध्यानाकर्षण गराएकाले अबको बाटो सहज हुने बताएका छन् ।