काठमाडौं, श्रावण १० । लघुवित्तपीडितहरूले बुधबार नयाँ बानेश्वरमा आन्दोलन प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको छ । प्रदर्शनकारीहरू संसद् भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद् भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए । ७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।