काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
साउन २ गतेबाट सुरुभएको बैठकमा अहिले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्ययोजनामाथि छलफल भइरहेको छ । अहिलेसम्म एक सय बढी केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
आजको बैठकमा बाँकी केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि उठेका प्रश्नमा सभापति शेरबहादुर देउवाले आफ्नो भनाई राख्ने छन् । बैठक सभवतः आज सकिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
नेताहरुले बोल्ने क्रम सकिएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी कार्ययोजना अनुमोदन गर्ने छ, भने विभिन्न विभागको थप, पुर्णता र भ्रातृ तथा शुभच्छुक संस्थामा नेतृत्व चयन लगायतका विषयमा निर्णय हुने छ ।