काठमाडौं, श्रावण १० । बुटवल उद्योग वाणिज्य सङ्घले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ । सङ्घलगायत यस क्षेत्रका व्यावसायिक सङ्घ संस्थाको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो ।
सीमानाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजारमा चहलपहल हुन थालेको र सरकारको राजस्व असुलीमा पनि प्रगति भएको भन्दै सङ्घले सीमानाका कडाइलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो ।बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विगतदेखि गरिएको पहल तथा पैरवीका कारण भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको थालनी भएपश्चात् स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताए ।
व्यवसायीका अनुसार भन्सारमा कडाइ गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटर पाटर्समा १० प्रतिशतले व्यापार वृद्धि भएको उनले बताए । त्यसै गरी सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुला सीमा नियमन थप कडाइ गर्दै जानुपर्ने बताए।
उनले नेपालको कुल गार्हस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत हिस्साको योगदान रहेको निजी क्षेत्रप्रति बेवास्ता गरिएमा मुलुकको अर्थव्यवस्थामा दीर्घकालीन असर पर्ने भन्दै सरकार कुनै पनि हालतमा पछि हट्न नहुने बताए ।

 
                            .jpg) 
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                    