Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारी र सार्वजनिक संस्थानमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरौं: परिसंघ


सरकारी र सार्वजनिक संस्थानमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरौं: परिसंघ

काठमाडौं, २० असार । नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्ता गरी सरकारी र सार्वजनिक संस्थानमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गराउन माग गरेको छ । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अर्थतन्त्र, औद्योगिक उत्पादन वृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा मन्त्री रिजालसँग छलफल गरेको हो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्थान, सेना, प्रहरीले प्रयोग गर्ने उपभोग्य वस्तु अनिवार्य स्वदेशी हुने व्यवस्था मिलाउन परिसंघले मन्त्री रिजाललाई आग्रह गरेको छ । छलफलमा अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न प्रभावकारी रुपले बजेट कार्यान्वयन गर्नुपर्ने, निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।

उद्योगहरुको प्रवर्द्धनका लागि नीतिगत स्थिरतामा उनले जोड दिए । ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रणका लागि कडाइ गर्नुपर्ने, उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानुन ल्याउनुपर्ने माग परिसंघले गरेको छ । औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा संचालन गर्नेगरी बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि परिसंघले आग्रह गरेको छ ।