Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सनराईज बैंकद्वारा छात्राका लागि एटीएम प्याड प्रदान


सनराईज बैंकद्वारा छात्राका लागि एटीएम प्याड प्रदान

काठमाडौं । सनराईज बैंकद्वारा विभिन्न विद्यालयहरुमा एटीएम प्याड वितरण गरेको छ ।
बैंकले स्वास्थ्य तथा सशक्तिकरणका लागि विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलाहरुलाई लक्षित गर्दै प्याड एटीएम प्रदान गरेको हो ।

आज एक कार्यक्रममा बैंकले काठमाडौं शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटीएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ ।
यसका साथै बैंकद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा विद्यालयका छात्राहरुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै सन्राईज बैंकले छात्राका लागि एटीएम प्याड प्रदान गर्दै आईरहेको बताएको छ ।
एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले जनाएको छ ।


देशका विभिन्न ठाउँमा प्याड एटीएम प्रदान गर्ने क्रममा बैंकले मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, कावासोती, बर्दिबास, तेह्रथुम, वीरेन्द्रनगर लगायतका ठाउँहरुमा सो मेसिन हस्तान्तरण गरिसकेको छ ।