Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी


माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं, श्रावण १९ । सरकारले निर्माण व्यवसायीहरूले माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपकरण प्रदर्शनसहित धर्ना दिएका छन् । सो क्रममा व्यवसायीहरुले पूर्व सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार समर्पित हुनुपर्ने बताएका छन् ।

बजेट निकासा नगरे आन्दोलन थप चर्किने र देशभर निर्माण कार्य ठप्प पार्ने उनीहरूले चेतावनी दिए । महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिएको आरोप लगाए । सरकारको काम निर्माण व्यवसायीले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने उनको भनाइ छ ।

विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष यज्ञध्वज कार्कीले सरकारले आफ्ना मागहरु अन्देखा गरेको आरोप लगाउँदै माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए । महासंघका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरुका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए । आन्दोलन गरेको ६ दिन भइसक्दा समेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

देशभर रोलर, एस्काभेटर तेर्स्याएर विरोधमा उत्रिने चेतावनी दिए । महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गनुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपनि माग सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन् । अघिल्ला सरकारले गल्ती गरेका हुन् भनेर गल्ती नसच्याइकन वर्तमान सरकार पन्छिन नपाउने उनको भनाइ छ ।