काठमाडौं । सरकारले विगतमा कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानले नपाएको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । बिहीबार अर्थमन्त्रालयमा किसानहरुसँगको भेटघाटमा महतले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताएका छन् । सरकारले कृषि क्षेत्रमा दिने अर्बौं अनुदानको सदुपयोग नभएर दुरुपयोग भयो उनले भने कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन ।
उत्पादनमा नै अनुदान दिने बताएका छन् । कृषिकलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनको बताए । स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको उनले बताए । आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको महतको भनाइ छ । तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको उनको भनाइ छ ।