Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भरतपुर महानगरपालिकाले दुग्ध कृषक ६ करोड अनुदान हस्तान्तरण


भरतपुर महानगरपालिकाले दुग्ध कृषक ६ करोड अनुदान हस्तान्तरण

काठमाडौं । भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई ६ करोड १२ लाख रुपैयाँ अनुदान हस्तान्तरण  छ । आर्थिक वर्ष २०७९,८० मा कृषकले सहकारीमार्फत बिक्री गरेको प्रतिलिटर तीन रुपियाँका दरले हुन आउने छ करोड १२ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रूपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

आर्थिक वर्ष २०७९,८० दुग्ध सहकारीमा आबद्ध कृषकहरूले दुई करोड चार लाख लिटर दुध सङ्कलन गरेको तथ्याङ्कका आधारमा महानगरले उक्त अनुदान प्रदान गरेको हो । आर्थिक वर्ष २०७४,७५ बाट भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक पशुपालक कृषकलाई दृष्टिगत गरी अनुदान दिन सुरु गरेको थियो । महानगर प्रमुख रेनु दाहाल कृषकलाई प्रोत्साहनका लागि उक्त अनुदान दिने गरिएको बताएका छन् ।