Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लम्पी स्कीनको संक्रमणबाट २ लाखबढी संक्रमित, २१ हजार बढी पशुचौपायाको मृत्यु


लम्पी स्कीनको संक्रमणबाट २ लाखबढी संक्रमित, २१ हजार बढी पशुचौपायाको मृत्यु

काठमाडौं, १० असार । देशभरि पछिल्लो समय लम्पी स्कीन रोगको संक्रमणले २ लाख ३५ हजार पशु चौपाय प्रभावित भएका छन् । गत साउन यता २१ हजार ४ सय ३७ पशुचौपायाको मृत्यु भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै ९ हजार १ सय ९१ र सबै भन्दा कम मधेश प्रदेशमा १ सय १ पशुचौपायाको मृत्यु भएको छ । विभागका उप–महानिर्देशक डा.वरुण कुमार शर्माले देशभरमा गरी ६ लाख ११ हजार बढी पशुचौपायामा यो रोगको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । त्यस्तै, सबैभन्दा बढी कर्णाली प्रदेशमा १ लाख ८७ हजार बढी पशुचौपाया प्रभावित भएको विभागले जनाएको छ । मधेश प्रदेशमा भने ५ हजार पशुचौपायामा सो रोग देखिएको छ । हाल करिब २ लाख ३५ हजार पशु संक्रमित छन् । १६ लाख बढी पशुचौपायामा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको विभागको तथ्यांकमा उल्लेख छ ।