Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेशको सभाको स्थगित बैठक बुधबार गर्ने


कोशी प्रदेशको सभाको स्थगित बैठक बुधबार गर्ने

काठमाडौं । कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको बैठक बुधबारका गर्ने भएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका गर्ने सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् ।

माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक गर्ने भएको हो । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट पेश हुने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताएका छन् ।