Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिंचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा


सिंचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियारले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
राजभण्डारीले हाल अवकाश पाइसकेका छन् । उनले महानिर्देशकको रूपमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

अख्तियारले उनको आय पारिश्रमिक बचत आय, उनकी श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय र शेयर बिक्रीबाट प्राप्त आयस्रोतमाथि अनुसन्धान गरेको थियो ।
कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण, घर बहाल, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयलगायत केलाएको थियो ।
त्यसक्रममा ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँमात्रै वैधानिक आय स्रोत खुलेको अख्तियारले जनाएको छ ।

उनी २०५१/११/३० देखि २०७९/५/३१ सम्म सरकारी सेवामा रहेका थिए । पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ जफत गरी जरिवाना र कैद सजायको माग समेत अख्तियारले गरेको छ ।