Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोमबारदेखि निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलन


सोमबारदेखि निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलन

काठमाडौं, श्रावण २१ । सोमबारदेखि निर्माण व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन गर्ने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो। निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरु आन्दोलनमा छन्।

२६ गते शुक्रबारसम्म जारी रहने दोस्रो चरणका आन्दोलनमा सेफ्टी हेलमेट र ज्याकेट लगाइ हातमा कालो पट्टी बाँधेर दैनिक महासंघको कार्यालयदेखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी संसद भवन अगाडी कोण सभा गर्ने तथा त्यहाँबाट माइतीघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानसम्म सिठ्ठी जुलुससहित धर्ना दिने महासंघको घोषणा छ।

महासंघले अत्यावश्यकबाहेकका सबै निर्माण कार्य अनिश्चितकालसम्म बन्द गर्ने गरी साउन २८ देखि तेस्रो चरणको आन्दोलन गर्ने बताएको छ। त्यसैगरी, विकासे विभागहरुमा बिहान १० देखि ११ बजेसम्म धर्ना र तालाबन्दी गर्ने, थानकोट र साँगामा दैनिक एक घण्टा सडक चक्काजाम गरी नाकाबन्द गर्ने महासंघको दाबी छ।